सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट फाइनल : नेपाल टस हारेर ब्याटिङ गर्दै 

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍यो।  नेपालले शृङ्खलाको लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । 

यस्तै, पिएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो । नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृङ्खला जित्ने योजनामा छ । 

 

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : ३६ बजे