भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किनु भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुग्नुभएको थियो । भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किनुभएको हो ।

भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्नुभएको थियो ।मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाउनुभएको थियो । 

देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता भएको छ । 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : ३१ बजे