जनताको दुःखमा काम गर्न एमालेले बनायो  सामाजिक सेवा केन्द्र 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सामाजिक सेवा केन्द्र घोषणा गरेको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा एमालेले जनताको दुःखमा काम गर्नका लागि भन्दै समाजसेवा मुलक  पार्टीको लागि छुट्टै संयन्त्र बनाउने घोषणा गरेको हो । 

कार्यक्रमाम एमालेले जनताको सेवाका लागि सहयोगी साथी बनाउने र उनीहरुको माध्यमबाट जनताको घरदैलोमा पुगेर सेवा गर्ने जानकारी दिइयो । 

​​​​​​​राजनीतिसँगै मानव सेवा गर्नका लागि सामाजिक सेवा केन्द्र निर्माण गरिएको कार्यक्रममा जानकारी दिइयो । एमालेले यसमा पार्टीका लाखौं युवाहरुलाई यस संयन्त्रमा जोड्न लागेको जानकारी दिएको छ । गाउँगाउँबाट सुँचना आउनासाथ दुःखमा परेका जनताको सहयोगी साथीहरुले सहयोग गर्ने र यसका लागि आवश्यक हट लाइन समेत राखिने कार्यक्रममा जानकारी दिइयो ।  

खाना खान नपाएका, कपडाहरु र औषधी नपाएकाहरुका लागि जिल्ला जिल्लामा रातह भण्डार केन्द्रहरु राखिने र त्यहाँबाट आपतमा परेका जनतालाई निरन्तर सहयोग गर्ने एमालेले जनाएको छ । 

केन्द्र मार्फैत उपचार नपाएकालाई उपचारको व्यवस्था, पढ्न नसकेका विद्याथीृहरुलाई पढाइका लागि सहयोग र पीडितहरुलाई कानुनी सहयोग लगायतका व्यवस्था गरिने बताइएको छ ।  केन्द्रमा डाक्टर, चिकित्सक, वकिल, स्वंयम सेवकहरु सहभागि हुने र आवश्यक ठाउँमा खटाइने बताइएको छ । 

​​​​​​​

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ४२ बजे