सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

काठमाडौँ। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

सातदोबाटोस्थित (एन्फा) अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।

बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क जोडेको छ भने  समान खेल खेलेको भगवतीले  १५ अङ्क जोडेको छ । लिगमा विभिन्न १४ क्लबको सहभागिता रहेकामा  शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली  रेलिगेशनमा पर्दै ‘सी’ डिभिजनमा झर्नेछन् । रासस

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  २ : २३ बजे