काठमाडाैँ । माधव नेपाल पक्षसहित १४ सांसद विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन परेको छ ।
७ महिनापछि पूर्ण सुनुवाइका लागि तोकिएको मुद्दाको सुनुवाइ आफू अनुकुलको न्यायाधीश नपरे पछी स्थगित गर्न माधव नेपाल पक्षका कानुन व्यवसायीले निवेदन दिएका हुन् । आज तोकिएकै इजलाशमा सुनुवाइ हुँदा सांसद पद जाने र पार्टी नै कोल्याप्स हुने डर भएपछि सुनुवाइ स्थगित गर्न निवेदन दिएका हुन ।
प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गर्नुभएको थियो । अध्यक्ष ओलीले रिट हालेको ७ महिनापछि सो मुद्दा आज पूर्ण सुनुवाइमा जान लागेको थियो । मुद्दाको सुनुवाइ न्यायाधीशहरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ ।
प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार १२ : २६ बजे
प्रतिक्रिया