चट्याङ लागेर निधन

ताप्लेजुङ। गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ ।

आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो ।

चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु¥याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए । 
 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : १२ बजे