प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीनवटा नयाँ हवाई रुट

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट माग्नुभएको छ ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो । 

‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।’ 

प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिनुभएको थियो ।  

भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उहाँले बताउनुभयो। 

उहाँले नेपाल र भारतले समावेशी विकासको साझा उदेश्य लिएको समेत बताउनुभयो । भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्वपूर्ण रहेको भनाई उहाँको थियो । ‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौं,’ प्रधानमन्त्री देउवाले भन्न्ुभयो  । 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ३ : १३ बजे