दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

लमजुङ । लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । 

जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले  चैत २५ देखि ३० गते सम्मको अवधिमा बालबालिकामा उक्त  खोप लगाउने तयारी गरेको  स्वास्थ्य  कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका ४१ हजार २ सय १६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ ।

सरकारले २५ चैतदेखि १८ वैशाखसम्म खोप अभियान गर्ने भए पनि लमजुङमा भने ६ दिन मात्र गर्ने भएको हो । प्रमुख अमर दवाडीका अनुसार १५ महिनादेखि ५ वर्षमुनिका पाँच हजार ७०५ जना र विद्यालयमा रहेका १५ वर्षसम्मका ३५ हजार ५११ जना बालबालिकालाई खोप दिइने भएको हो ।

खोप अभियानमा ९८२ स्वयंसेवक परिचालन गरिनेछ । लमजुङमा विगत तीन वर्षको तथ्यांकनुसार बर्सेनि तीन हजार मानिसहरूमा टाइफाइड भएको पाइएको छ। 

 

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ३९ बजे