ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

काठमाडौँ । काठमाडौँको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले बिहीबार साँझ पौने ६ बजे ठक्कर दिएको थियो । 

बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : ४४ बजे