एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

नेपालगन्ज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा.धवलशमशेर राणाबीच भेटवार्ता भएको छ । 

बिहीबार साँझ नेपालगन्जमा एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता भएको हो ।

राप्रपाका महामन्त्री राणाले भेटवार्तामा स्थानीय तहको चुनावमा कसरी तालमेल गर्न सकिन्छ भनेर छलफल भएको बताउनुभयो । उहाँले पाँच दलबीच गठबन्धन भएपछि एमाले–राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

“गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्‍यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो”, उहाँले भन्नुभयो,  “अध्यक्ष ओली र आफूबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।”

भेटवार्ता सकारात्मक भएको पनि उहाँले बताउनुभयो । 

 

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : ०१ बजे