न्यून चापीय र स्थानीय वायुको प्रभाव : पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने

काठमाडौँ । हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

बिहान प्रदेश १, मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

शनिवार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ चैत्र १८ गते (शुक्रवार) 
दिउँसो:
प्रदेश १, मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने

राती: प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

२०७८ चैत्र १९ गते (शनिवार)
दिउँसो:
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १,बाग्मती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

२०७८ चैत्र २० गते(आइतबार) 
दिउँसो:
प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ४४ बजे