एसडी मुनीले खोलिदिएको देउवाको त्यो धोती !

​​​​​​​काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हुन लागेको भारत भ्रमण व्यक्तिगत भएको पुष्टि भएको छ ।

नेपाल मामलाका जानकार भनिएका भारतीय थिङक ट्याङक एसडी मुनीले देउवाको भ्रमण व्यक्तिगत र सुद्ध चाकरी भएको आशयको ट्विट गरेसँगै प्रधानमन्त्री देउवाको भारत भ्रमणको उक्त राज बाहिर आएको हो । योसँगै सरकारी खर्चमा भारत भ्रमण गर्न निस्कन लागेका प्रधानमन्त्री देउवा देश र जनताको निम्ति नभएर आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थको निम्ति भारतको दिल्ली जान लागेको पुष्टि भएको हो ।

एसडी मुनीले ट्विटमा स्पष्टसँग देउवाको आसन्न भारत भ्रमण निजी भएको र त्यो उनलाई नेपाली काग्रेंसमा सभापति जिताउन दिल्लीले गरेको सहयोगका लागी धन्यवाद दिनको निम्ति मात्रै भएको उल्लेख गरेका छन् । उनले अब देउवाले भारतबाट संसदमा पनि साथ पाउन सहयोग माग्नुपर्ने उल्लेख गरेका छन् । देउवा नेपाली कांग्रेसको सभापति बन्न भारतको देन भएको भन्दै मुनीले आउँदो स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा समेत भारतको साथ ९आशीर्वाद ० खोज्न आउन लागेको मुनीको आशय छ ।

मुनीको ट्विटसँगै प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसमामार्फत नेपालको राजनीतिको साँचो भारत र दिल्लीबाट निर्देशित र परिचालित भएको पुष्टि हुँदैन र ?

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : २६ बजे