एआईजी सिफारिस कान्ड : असन्तुष्ट डीआईजीहरूद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको छ । 

असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले विहीबार रिट दर्ता गराउनुभएको हो । 
उहाँहरुले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशसमेत माग्नुभएको छ । 

बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख माधव रेग्मी अध्यक्ष रहने उजुरी सुन्ने समितिले बुधबार साँझ सदर गरेको थियो । 

समितिले सदर गरेसँगै मन्त्रिपरिषद्को विहीबारको बैठकले सिफारिस गरिएका वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ०१ बजे