बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

बागमती।  हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । 

मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् ।  बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ । रासस 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १२ : ५७ बजे