काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्ष भित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ ।
रिपोर्टस क्लब नेपालको २४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो ।
सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुहुँदै उहाँले देशमा राजनीतिक परिवर्तनसहित उपलब्धि हासिल गरिएकाले अब विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।
नागरिकका अधिकार संविधानबाट सुनिश्चित गरिसकेको भन्नुहुँदै उहाँले अब देशको विकास र समृद्धितर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार १२ : ०९ बजे
प्रतिक्रिया