चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा आज उपाध्यक्ष नेम्वाङले अहिलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वाभाविक रहेको बताउनुभयो। तर, गठबन्धन गर्दा लोकतन्त्रको मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उहाँले बताउनुभयो ।

“गठबन्धनका कुराहरू आउँछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ । त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी  गर्दिन” उहाँले भन्नुभयो, “पछि सम्बन्धित मित्रहरूले दुख पाउनुहुन्छ ।”

उहाँले प्रतिस्पर्धाका बाबजुद सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १० : १९ बजे