महासंघको स्थापना दिवस : जुम्लाका सुत्केरीलाई फलफूल वितरण

जुम्ला । २५ जना सुत्केरीलाईलाई फलफूल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवस अवसरमा फलफूल वितरण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सुत्केरी वाडमा  फलफूल वितरण गरिएको हो ।

त्यस्तै  जुम्ला जिल्लामा सञ्चालित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थितिमा अस्पतालका २५ जना सुत्केरीलाईलाई फलफूल वितरण गरिएको  नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र शाहीले बताए ।उनका अनुसार महासंघले जिल्ला स्थित पत्रकारको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

महासंघको स्थापना दिवसमा अवसरमा अध्यक्ष शाहीले जुम्लामा उर्वर रूपमा उदाइरहेको पत्रकारिताको संरक्षण तथा पत्रकारको अधिकारको विषयमा महासंघको पहिलो प्राथमिकता हुने बताए । पत्रकार महासंघ जुम्लाले एक वर्षमा प्रेस शिविर गरेर प्रेसपास वितरण, दुई वटा क्षमता अभिवृद्धि तालिम, कोभिडमा आइसुलेशन सेन्टर निर्माण, कोभिडमा माक्स स्यानिटाइजर वितरण महासंघमा सूचना केन्द्र स्थापनाको सुरुआतसहित विभिन्न काम गरेको बताए । 

त्यस्तै नेपाल पत्रकार महासंघले कोरोनाको बीचमा महिलाका सवाल, बालबालिकाका सवाल, मानव अधिकारका सवाल, विमानस्थलको सवाल, विपतको सवाल, यातायातको सवालसहित सामाजिक सवालमा उठाउँदै आएको छ । अध्यक्ष शाहीले भावी योजना पत्रकारको क्षमता अभिवृद्धि गर्ने, पत्रकार सम्मान कोष स्थापना गर्ने, सूचनालाई थप सजिलो बनाउन पहल गर्ने, पुस्तकालय स्थापना गर्ने, सूचना केन्द्र स्थापना गर्ने, महासंघको भवन मर्मत तथा विस्तार गर्ने कार्यक्रम रहेको बताए ।

त्यस्तै स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीले महासंघले सामाजिक काम गरेको देख्दा खुसी लागको बताए । उनले  स्थापना काल र युद्ध कालमा थोरै पत्रकारले कठिन परिस्थितिमा महासंघको जन्म भएको भन्दै अब थप राम्रो गर्दै जानुपर्नेमा शुभकामना दिए ।

त्यस्तै महासंघका पूर्वध्यक्ष भीम कसिंगरले पत्रकारिता क्षेत्रमा खोजमुलक पत्रकारिता जोड दिनुपर्ने बताए । उनले जुम्लाका पत्रकारले   समाचार र सूचनालाई भिन्नता गरेर समाचार संकलन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै  प्रेस सेन्टरका अध्यक्ष धनबहादुर बुढाले महासंघ र सञ्चार माध्यामको सहकार्य थप बलियो हुनुपर्ने बताउँदै पत्रकारहरूलाई क्षमता विकास तालिम दिनुपर्ने बताए । भ्रष्टाचारलगायत सुशानका क्षेत्रमा काम गर्ने पत्रकार असुरक्षित भएको बताए ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ०१ बजे