कुनै द्विविधाविनै निर्वाचनमा होमिन अध्यक्ष ओलीको  निर्देशन

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।  आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिनुभयो  । एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधाविना निर्वाचनमा होमिन पनि उहाँले निर्देशन दिनुभयो । 

प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्नुभयो । मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गर्नुभएको थियो । 

कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी थिए । 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : २८ बजे