लोसपा कार्यकारिणीको बैठक जारी 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणीको बैठक बसिरहेको छ । 

बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । 

साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् । 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  २ : ०३ बजे