एमाले क्विन्टलको ढक हो, गठबन्धन एक–एक किलोका ढक हुन् : अध्यक्षओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमाले अत्यधिक मतका साथ विजयी हुने बताउनुभएको छ । 
भक्तपुरको सूर्यविनायकमा  हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेलाई गठबन्धनले प्रभाव नपार्ने बताउनुभयो ।

उहाँले गठबन्धनका दलहरुलाई एक एक किलोको ढक भन्नुहुँदै एमाले एक्लै क्विन्टल भएको बताउनुभयो  ।उहाँले भन्नुभयो, ‘यदी एउटा तराजुमा एक–एक केजीको पाँच वटा ढक एकातिर राख्नुभयो। अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक जस्तो हो। गठबन्धन भनेको एक–एक किलोका ढक हुन्। त्यो पाँच वटा गठबन्धनले के गर्छ ?’

ओलीले निर्वाचन आयोगले  लोभी पापीहरुको गठबन्धमा झगडा हुन्छ, कुरा मिल्दैन भनेर पनि दुई दिनको समय छुट्याएको बताउनुभयो । 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १ : ५१ बजे