‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मेलम्चीमा विज्ञको सुझावको आधारमा नदी नियन्त्रणको काम सुरु

​​​​​सिन्धुपाल्चोक ।  गत असार १ गते र त्यसपछि आएका बाढीले हेलम्बु, मेलम्ची ,पाँचपोखरी र इन्द्रावतीका केही भेगमा अतुलनीय क्षति पुर्‍यायो ।हजारौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भयो भने सयौँ नागरिक विस्थापित भए । 

बाढीपछि हिउँदको समयमा समेत सरकारले विकल्पका बारेमा केही गरेन भनेर स्थानीयले आरोप लगाइरहँदा मेलम्ची नगरपालिकाले भने नदी नियन्त्रणका लागि काम थालेको छ । 

नगरपालिकाबाट २ करोड ५० लाख विनियोजन गरी ५ खण्डमा विभाजन गरी मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सिमाना तालामाराङदेखि डुढेखोला सम्म नदी गहिर्‍याउने, उच्च जोखिम भएको ठाउँमा नदिलाई नियन्त्रण ,आवश्यकता अनुसार वाल लगाउने बस्ती तथा संरचनाको रक्षा गर्ने योजनाअनुसार काम भइरहेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । 

आगामी बर्खा अगावै सम्भावित क्षति रोकथाम तथा न्यूनीकरणका लागि आवश्यक सतर्कतासहित काम अगाडि बढाइएको उहाँले बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले तत्कालको लागि राहत तथा पुनर्स्थापनाको काम गरे पनि अब दिगो र सुरक्षित स्थानको खोजी गरी स्थायी आवासको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । 

विज्ञको सुझाव अनुसार अल्प कालिन, मध्यकालिन र दीर्घकालीन योजनाका साथ खोला नियन्त्रण, बस्ती संरक्षण, पुनर्निर्माण तथा पुनर्स्थापनाको लागि तत्काल गर्नुपर्ने कार्यहरूमध्ये नदीको लेभललाई  गहिर्‍याउन पर्ने सुझाव आएको हुनाले नदी तटीय बस्ती तथा संरचनाहरूलाई संरक्षण गर्ने र यथावत् रहेको नदीलाई गहिर्‍याउने काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : २४ बजे