प्रधानमन्त्री देउवा बिम्स्टेकलाई आज भर्चुअल सम्बोधन गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिम्स्टेक) को सम्मेलनलाई  आज सम्बोधन गर्ने गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी जनाएको छ।

बिम्स्टेक आजबाट सुरु हुँदैछ । बिम्स्टेक सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री डा.नारायण खड्का यसअघि नै श्रीलङ्का पुग्नुभएको छ  । उहाँले मङ्गलवार मात्र भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो ।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलङ्का बङ्गलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रूपमा छन् । सम्मेलनको अध्यक्षता श्रीलङ्काले गर्नेछ ।बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : ०३ बजे