बाँकेमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु 

काठमाडौं  । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँ चोकमा मंगलबार टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय ७० वर्षीय विरबली भण्डारी रहेका छन् । घाइते भण्डारीलाई उपचारको लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको टिपरले भण्डारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । 

ठक्कर दिने टिपरसहित चालक जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ०६ बजे