लेखर्कको सिंगो  एसको कमिटी एमालेमा प्रवेश

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कको  नेकपा एसको पूरै कमिटी नेकपा एमालेमा समाहित भएको छ ।

वडा कमिटीका अध्यक्ष सन्तोष चाम्लिङ नेतृत्वको २१ सदस्यीय कमिटी एमालेमा प्रवेश गरेको हो । 

वडास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष राई, गाउँपालिका अध्यक्ष एवं प्रदेश कमिटी सदस्य ध्रुव राईलगायतका नेताहरूले उनीहरूलाई स्वागत गर्नुभएको हो  । स्थानीय निर्वाचन नजिकिँदै जाँदा भोजपुरमा माओवादी, कांग्रेस र एसबाट नेता(कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् ।
यसअघि टेम्केमैयुङ गाउँपालिकाकै वडा नम्बर ६ कोटमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सूर्य नेपालसहितका जनप्रतिनिधि र सम्पूर्ण वडा कमिटी एमालेमा समाहित भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ४८ बजे