रेलको भर्चुअल्ली उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सीमा मुद्दाको विषय उठाउने

काठमाडौँ  । जयनगर–जनकपुर खण्डमा सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले शनिबार संयूक्त रुपमा उद्घाटन गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार  भारतको भ्रमणमा जान लग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण कार्यक्रममा रेल उद्घाटनको विषय पनि राखिएको हो । यसैबीच परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला नेपाल भारत सीमा समस्याको मुद्दा उठ्ने जनाएको छ । 
 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ५४ बजे