अध्यक्ष ओलीद्वारा सबैभन्दा अग्लो ‘भ्यु टावर’ को उद्घाटन

वुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु-टावरको उद्घाटन गर्नुभएको छ ।

तिलोत्तमा नगरपालिका-२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले गर्नुभएको हो  ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकूलित   कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

​​​​​​​

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ३३ बजे