थप २१ जनामा कोरोना सङ्क्रमण, ३ सय १९ जना निको

काठमाडौँ । आज देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

६ हजार ३ सय ९ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।  

आज ३ सय १९ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

यस्तै, आज १ लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : २३ बजे