चुनाव सम्झेपछि गठबन्धनको सातो जान्छ: विष्णु पौडेल

भैरहवा – नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको बताउनु भएको छ ।

नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले साेमबार आयोजना गरेकाे प्रशिक्षण कार्यक्रममा उहाँले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेकाे दावी पनि गर्नुभयो ।

नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेकाे हाे । 'त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनि खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ ।' उहाँले भन्नुभयो ।

उहाँले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार अत्तेको बताउनुभएको छ । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : ०६ बजे