देउवाविरुद्ध तरुण दल र नेविसंघको खबरदारी भेला

काठमाडौं –  नेपाली कांग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला जारी रहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा उक्त भेला भइरहेको छ । 

सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो । 

भेलामा चन्द्रबहादुर भण्डारी, गुरु घिमिरे, रञ्जित कर्णलगायत नेताहरु सहभागी छन् । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : २४ बजे