सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भरतपुर मेयर कप क्रिकेट सुरु

चितवन। भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । 

    प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रङ्गशालाको विषयमा छिट्टै नै शुभ समाचार सुन्न पाइने बताउनुभयो । धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेर बीचमा छोडेपछि काम रोकिएको रङ्गशालाका पुरानो ऋणका कारण तत्काल काम सुरु गर्न नसकिएको उहाँको भनाइ थियो । ऋणका लागि मन्त्रिपरिषदमा लैजानु पर्ने भएकाले निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।  

    चैत १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा चितवन, मकवानपुर र नवलपुर गरी तीनवटा समुह सहभागी भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट अङ्क ल्याउने दुई समूह फाइनलमा जाने आयोजक एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालीका अध्यक्ष राजु चौधरीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : ४७ बजे