महोत्तरीका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश

​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​काठमाडौँ । महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश गरेका छन् ।

महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित  प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू काँग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर उहाँहरू एमाले प्रवेश गरेका हुन । एमाले प्रवेश गर्नेहरूमा साम्सी गाउँपालिका अध्यक्ष शेख फारूक, जलेश्वर नगरपालिका उप प्रमुख मुनचुन देवी, रामगोपालपुर नगरपालिकाका वडा नं.३, ४, ८ वडा अध्यक्षहरू क्रमशः जय नारायण मण्डल, कारि कमख्या महतो , रामबिलास महतो, र लोहारपट्टि नगरपालिकाका वडाध्यक्ष रामबाबु यादव रहनुभएको छ ।   

उहाँहरूलाई पार्टी अध्यक्ष ओलीले  खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ  । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : १८ बजे