काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ ।
महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् ।
गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छलफल हुनेछ ।बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार ४ : ३६ बजे
प्रतिक्रिया