भोटेकोशीमा एमालेले सर्वसम्मत सिफारिस गर्‍यो अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

सिन्धुपाल्चोक । नेकपा एमालेले भोटेकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ ।  

स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी केन्द्रीय कमिटीले तोकेको समय सीमाभन्दा २० दिनअघि नै भोटेकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको हो  ।

शनिवार भएको एमाले भोटेकोसी गाउँपालिका बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गाउँपालिकाको अध्यक्षमा अमृत खड्का र उपाध्यक्षमा सुन्तलीमाया श्रेष्ठलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । 

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये भोटेकोशी गाउँ पालिकामा एमालेले सबैभन्दा पहिला सर्वसम्मत उम्मेदवार छनोट गरेको हो।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १० : ०५ बजे