काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
चैत १० गते सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रूप दिन स्थायी कमिटी बैठक बस्न लागेको हो ।
महाराजगन्जस्थित रोयल दरबार एन्ड भेन्युमा अपराह्न ३ः०० बजे स्थायी कमिटी बैठक बस्न लागेको प्रचार विभागको उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ ।
प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार ७ : ३६ बजे
प्रतिक्रिया