‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पुष्प मेलामा ३६ हजार ८ सयले गरे अवलोकन, लक्ष्यभन्दा बढीको कारोबार 

​​​​​​​काठमाडौँ ।  जावलाखेलको खेल मैदानमा जारी २३औँ पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् । 

मेलामा ८४ लाख ३० हजार रुपियाँको कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए । उक्त दिन २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो ।

चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए । उक्त दिन २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । शनिवार तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् । र, शनिवार ३५ लाख ८० हजार रुपैयाँको कारोबार भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिनुभयो।

शनिवार भएकाले अरू दिनको तुलनामा अवलोकनकर्ताको चाप रहेको उहाँले बताउनुभयो । एसोसिएसनले ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य थियो ।

मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताउनुभयो । 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : २९ बजे