ट्याक्टर दुर्घटनाबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० मा शनिवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने  एक जना गम्भीर घाइते छन् । 

मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय रुपेश राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

दाउरा लिएर सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङ गुम्बा नजिक दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो । 

घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा विशेष राई रहेको प्रहरीले जनाएको छ । घाइते राई उपचारको लागि झापामा रिफर गरिएको प्रहरीले जनाएको छ । 

सामान्य घाइते अन्य दुई जना प्राथमिक उपचारपछि घर फर्केको प्रहरीले जानकारी दिएको छ । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : १० बजे