नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच विभिन्न ९ बुँदे समझादारी पत्रमा हस्ताक्षर भएको छ । 

तीन दिने नेपाल भ्रमणमा रहनुभका  चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी  र परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा ९ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जसमा नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ०७ बजे