पाँचखाल नगरका एसका उपाध्यक्ष एमालेमै फर्किए 

 काभ्रेपलाञ्चोक । नेकपा एकीकृत(समाजवादी)का पाँचखाल नगर उपाध्यक्ष  कृष्ण दनुवार एमालेमै फर्किनुभएको छ ।

शनिबार आयोजित एक कार्यक्रममा दनुवार एमालेमा समाहित हुनु भएको हो ।

उहाँलाई नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटा, कञ्चन अधिकारी लगायतले  स्वागत गर्नुभयो । 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ४ : ५९ बजे