काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्न लागेको हो ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नुहुनेछ ।
बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
बैठक सकिएपछि चिनियाँ विदेशमन्त्रीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार २ : २८ बजे
प्रतिक्रिया