काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताउनुभएको छ । देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा मात्र देशमा आत्मनिर्भर अर्थतन्त्र हुने उहाँले बताउनुभउयो ।
पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्ओर्नुहुँदै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राख्नुभयो ।
‘उत्पादनमा नवीनता, नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो’, उहाँले भन्नुभयो, ‘उत्पादनका क्षेत्रलाई आनुधिक बनाउनुपर्यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्यो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले विकास पनि आधुनिकीकरण भएको बताउनुभयो । उहँले त्यसअन्तर्गत भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र आयात प्रतिस्थापन नहुने बताउनुभयो ।
प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार २ : २२ बजे
प्रतिक्रिया