एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए : एमाले अध्यक्ष ओली

​​​​​​​काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरनुभएकाे छ । 

प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको उहाँले बताउनुभयाे । उहाँले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिनुभयाे । 
‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भन्नुभयाे  । 

उहाँले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको  बताउनुभयाे । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको उहाँले बताउनुभयाे ।‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायाँै भन्ने होला । नेपालमा किन रेल कुदायाँै भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’

उहाँले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताउनुभयाे  । देउवा एमालेको पाखुरा देखेर डराएको उहाँको भनाइ छ । उहाँले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दावी गर्नुभयाे। नेपाली काग्रेंसको टुप्पोमा बसेर हेर्दा पनि एमाले कति बलियो छ भनेर शेरबहादुर जीले देख्नुभयो । म टुप्पामा बसेर हेरिराछु मैले देख्या छुऽ निचताए हुन्छ , एक्लै सिकन्न भनिसक्नुभयाेऽ, पाँच वटा त के पन्ध्रवटा सबै आएपनि सक्दैनन् हामी एक्लै लड्छौ । 

​​​​​​​

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : ११ बजे