एकीकृत समाजवादी त्यागेर दुई वडाध्यक्ष र एक वडा सदस्य एमालेमै फर्किए

तनहुँ – नेकपा एकीकृत समाजवादीमा गएका तनहुँका दुई जना वडाध्यक्ष पुनः नेकपा एमालेमै फर्किएका छन् ।

शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा फेरी एमालेमै फर्किएका हुन् । 

यस्तै, शुक्लागण्डकी–५ का वडासदस्य थपबहादुर थापाले पनि एकीकृत समाजवादी परित्याग गर्दै एमालेमा फर्किएको घोषणा गरेका छन् । तनहुँमा तत्तकालिन नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि मध्य १३ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । सनाखत गर्नेमा पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ४६ बजे