काग्रेंसको बैठक स्थलमा देउवाविरुद्ध नाराबाजी

काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय अगाडि विरोध प्रदेश गरेको छ । 

कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुनै लाग्दा शेखर कोइराला समूहका नेविसंघ र तरुण दलका कार्यकर्ताले प्रधानमन्त्री तथा काग्रेंस सभापति सेरबहादुर देउवा विरुद्ध नाराबाजी गरेका हुन् ।

प्रदर्शन गर्ने थाहा पाएर बिहानैदेखि पार्टी कार्यालय आसपास प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा मुख्य सडक नै अवरुद्ध छ ।

​​​​​​​

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : १२ बजे