रामचन्द्र पौडेलले बोलाएको भेलामा शशाङ्क उपस्थित, शेखर र प्रकाशमान गएनन्

​​​​​​​काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाउनुभएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित हुनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि नेता पौडेलले बोलाउनुभएको बैठकमा कोइराला र सिंह अनुपस्थित हुनुभएको हो ।

काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि बोलाइएको बैठकमा पूर्व महामन्त्री शशाङ्क कोइराला भने उपस्थित हुनुभएको छ ।  बैठक अहिले जारी छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : २४ बजे