मधेस प्रदेशसभाको बैठक बस्दै

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । 

प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न २ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।

यस्तै, अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताउनुभयो ।

यसअघि, फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक–पटक गरी चार पटक स्थगन गरेको थियो ।  

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १० : ५५ बजे