सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाल खेलकुद महासङ्घ लुम्बिनीको अध्यक्षमा कृष्ण देवकोटा

​​​​​​​बुटवल ।  नेपाल खेलकुद महासङ्घ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण देवकोटा निर्वाचित हुनुभएको छ ।  

बिहीबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले रुपन्देहीका देवकोटाको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । 

त्यस्तै, बाँकेका चन्द्रप्रसाद श्रेष्ठ तथा प्युठानका नारायणी जिसी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी, सचिवमा दाङका दिनेश आचार्य चयन हुनुभएको छ । उपसचिवमा गुल्मीका प्रेम भण्डारी र अर्घाखाँचीका केपी भट्टराई निर्वाचित हुनुभएको छ । 

त्यसैगरी कोषाध्यक्षमा रुपन्देहीका खेम पाण्डे चयन हुनुभएको छ । 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि एवं महासङ्घका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

संयोजक बस्नेतले खेलाडीहरूलाई मासिक प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुहुँदै खेल खेलेरै आफ्नो परिवारलाई सुविधायुक्त व्यवस्थापन गर्न सक्छु भन्ने आत्मविश्वास दिलाउन सके मात्र खेलाडी पलायन नहुने अवस्था सिर्जना हुने बताउनुभयो । 

नेपालले संसारलाई जित्न सक्ने एक मात्र टुल्स भनेको खेलकुद मात्र भएको जिकिर गर्दै उहाँले लुम्बिनी प्रदेश खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्ने आधारहरूको अध्ययन सुरु गर्न प्रदेश कमिटीलाई निर्देशन दिनुभयो । 

उहाँले अन्तर्राष्ट्रिय खेलमा पदक ल्याउने खेलाडीहरूलाई प्रोत्साहन गर्दै उनीहरूलाई सामाजिक राजनीतिक रूपमा समेत स्थापित गर्ने गराउने सवालमा खेलकुद महासङ्घले नेतृत्व गर्ने बताउनुभयो ।

कार्यक्रममा महासङ्घका स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख दिपेन्द्र दाहाल तथा स्थायी कमिटी सदस्य लुम्बिनी प्रदेशका इन्चार्ज भीम ओलीले खेलकुद विकासका सन्दर्भमा धारणा राख्नुभएको थियो ।

 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : १८ बजे