काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
बिहान पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
शनिवार पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार ७ : ५६ बजे
प्रतिक्रिया