सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग २-० अन्तरले पराजित भएको छ ।  थाइल्यान्डको चोनबरीमा भएको खेलमा नेपालले पहिलो हाफमा घरेलु टोलीलाई रोके पनि दोस्रो हाफमा भने दुई गोल बेहोर्न पुग्यो ।

थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे ।  फिलिपले ७८औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए । चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे ।  

यस खेलसँगै प्रशान्त अवस्थीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपालले १३ गते  थाइल्याण्डको शीर्ष डिभिजन  क्लब चोनबरी एफसीसँग खेल्नेछ ।

एसियन कप छनोटमा नेपाल  सहित समूह 'ए' मा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : २२ बजे