एमालेको कार्यक्रममा ५ जना भन्दा धेरै बक्ता नराख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा अधिकतम ५ जना बाहेक धेरै वक्ता नराख्न निर्देशन दिनुभएको छ ।

 कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा अध्यक्ष ओलीले पार्टीका सबै कार्यक्रमहरूमा अधिकतम ५ जना वक्ता बाहेक धेरै नराख्न सबै कमिटीलाई निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो , ‘एउटा कार्यक्रममा पाँचजनासम्म वक्ता राखौं । यसमा व्यक्ति हेरेर होइन नियम नै बनाऔं । खादा मालाको खात लगाउने पनि होइन । नेता भनेको सेवक हो, हाकिम होइन । आफ्नो समाज अनुकूल चल्ने र जनतासँग जोडिने व्यक्ति नेता हो ।’

 

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ३ : ३४ बजे