सुनको मूल्यमा नयाँ कीर्तिमान

भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  २ : ५३ बजे